जोशी सिद्धान्तको प्रचार गदै आदीकवि क्याम्पस

Byखवरबाटिका

२२ कार्तिक २०७८, सोमबार २१:११ २२ कार्तिक २०७८, सोमबार २१:११ २२ कार्तिक २०७८, सोमबार २१:११ , ,

दमौली । आदीकवि भानुभक्त क्याम्पस दमौलीले नेपाली काँगे्रसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको पक्षमा प्रचार गरेको छ । क्याम्पसको आधिकारिक फेसबुक पेजमा सोमबार साँझ कांग्रेस नेता जोशीको छोराको स्टाटसको स्क्रिनसर्ट असावधानी पूर्वक पोष्ट भएको हो ।
परिक्षा नियन्त्रण कार्यालय पोखराको समन्वयमा परिक्षा नियन्त्रण कार्यालय बल्खुले पोखरामा आयोजना गरेको सिसि क्यामराको हार्डवयर र सफ्टवयर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्बन्धी पोष्टमा क्याम्पस प्रशासनले जोशी पुत्र दिपकराज जोशीको स्क्रिनसट समेत समावेश गरेको हो ।
तनहुँ १ नं. मा गोविन्दराज जोशी ग्रुपमा पोष्ट भएको उक्त स्टाटसमा जुन पार्टीले देश र समाजलाई निकास दिन सक्ने सामथ्र्य राख्दैन त्यस्तो पार्टीमा अबका पुस्ता अटाउने छैनन ।
जब राजनीतिक पार्टीको विचार र मूल्यको विचलन हुँन्छ तब जनताहरु विकल्प खोज्न शुरु गर्छन । त्यसैले यस पालिको चुनावमा आफ्नो टिकट आफै लिनुहोस्, आफ्नो समाज आफै बनाउँनुहोस । भनेर राखिएको छ । पोष्टसंगै गोबिन्दराज जोशीको भिडियोको स्क्रिनसट समेत समावेश छ ।


क्याम्पसको आधिकारिक फेसबुक पेजमा असावधानी बस उक्त स्क्रिनसट पोष्ट भएको हो । यस अघि पनि आदिकवी भानुभक्त क्याम्पसको आधिकारिक पेजमा राजनीतिक गतिविधीका पोष्टहरु हुँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *