June 3, 2023

गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँले याे बर्षकाे क्षेत्र प्रताप अधिकारी स्मृती पुरस्कार गायिका हरिदेवी काेइरालालाइ प्रदान गर्ने भएकाे छ ।

दमाैली – यो बर्षको क्षेत्र प्रताप अधिकारी स्मृती साहित्यकार पुरस्कार २०७८ बाट वरिष्ठ गायिका हरिदेवी कोइराला सम्मानित हुने भएकी छिन । गितल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको शनिवार दमौलीमा बसेको बैठकले क्षेत्र प्रताप अधिकारी स्मृती पुरस्कार कोइरालालाई प्रदान गर्ने निर्णय गरेको हो ।
त्यसैगरी गीतल राष्ट्रिय पुरस्कार २०७७ बाट सिन्धुलीका साहित्यकार प्रोल्लास सिन्धुलीया र गीतल राष्ट्रिय पुरस्कार २०७८ बाट गायक राज सिग्देललाई प्रदान गर्ने निर्णय गरेको छ । साहित्यकार सिन्धुलीया सिन्धुली र गायक सिग्देल तनहुँका हुन ।
मञ्चले प्रदान गर्दै आइरहेको गीतल प्रतिभा पुरस्कार २०७७ बाट तनहुँका लोक गायक शंकर परियार र गीतल प्रतिभा पुरस्कार २०७८ बाट गायिका आशा बिसीलाई प्रदान गर्ने निर्णय गरेको गितल प्रतिष्ठान नेपालका सचिव दिवाकर भट्टराईले जानकारी दिए ।
कला, साहित्य, नाटक तथा गायन विद्यामा रहेका विभिन्न व्यक्तिहरुलाई छनोट गरी पुरस्कार प्रदान गर्दै आइरहेको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकास अधिकारीले जानकारी दिए । क्षेत्र प्रताप अधिकारी स्मृती साहित्यकार पुरस्कारको राशी २५ हजार, गीतल राष्ट्रिय पुरस्कारको राशी ७ हजार र प्रतिभा पुरस्कारको राशी ५ हजार रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box