अत्याधिक मत सहित सत्यवतीकाे विव्यस अध्यक्षमा काफ्ले विजयी

Byखवरबाटिका

२७ कार्तिक २०७८, शनिबार १९:४६ २७ कार्तिक २०७८, शनिबार १९:४६ २७ कार्तिक २०७८, शनिबार १९:४६
दमाैली – सत्यवति माध्यमिक बिद्यालयकाे शनिवार सम्पन्न विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा अत्याधिक मत ल्याएर करूण काफ्ले विजयी भएका छन । निर्वाचन समितिकाे अन्तिम मत परिमाण अनुसार कुल मतकाे अाधा भन्दा बढी मत ल्याएर काफ्ले अध्यक्षमा निर्वाचित भएका हुन ।
काफ्लेकाे पक्षमा ५ सय ८० मत खसेकाे थियाे भने सुरेश वाग्लेकाे पक्षमा २ सय ९०, सुर्यचन्द्र लम्सालकाे पक्षमा १ सय २६ र माधव अधिकारीकाे पक्षमा ५९ मत प्राप्त भएकाे निर्वाचन समितिले जनाएकाे छ । २० मत बदर भएकाे छ । विद्यालय व्यवस्थापन समितिका लागि शनिवार भएकाे मतदानमा १ हजार ७५ मत खसेकाे थियाे ।
 विद्यालय व्यवस्थापन समितमा निर्वाचित काफ्ले सत्यवती माध्यमिक विद्यालयका पुर्व विद्यार्थी तथा पुर्व शिक्षक हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *