बिहानी बजारको तेस्रो शाखा दमाैलीमा

Byखवरबाटिका

१ मंसिर २०७८, बुधबार १७:५९ १ मंसिर २०७८, बुधबार १७:५९ १ मंसिर २०७८, बुधबार १७:५९
दमाैली – पोखरामा मुख्य शाखा रहेको बिहानी बजार प्रा.लिले दमौलीमा पनि  शाखा बिस्तार गरेको छ । व्यास २ स्थित भोर्लेटार चोकमा शाखा बिस्तार गरि बुधबार समुदघाटन गरिएको छ । शाखाको शुभारम्भ गर्दै व्यास नगरपालिका नगरप्रमुख बैकुण्ठ न्यौपानेले यस्ता व्यवसायहरुले आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने बताए। उनले भने,यस्तो खालको व्यवसायले दमौलीलाई छुटै खालको रौनक दिने छ ।
पोखराको लेकसाइडमा केही समय पहिले संचालनमा आएको बिहानी बजारको यो तेस्रो शाखा हो । व्यवसायी एवम व्यास ४ कि वडा सदस्य बसुन्धरा घर्तीले दमौली शाखा संचालनमा ल्याएकी हुन् । बजारको आवस्यकता महसुस गरि संचालनमा ल्याएको  घर्तीले बताइन् ।
स्वदेशी तथा स्थानीय उत्पादनलाई जोड दिई सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामग्री उपलब्ध गराइने संचालक  डा. ढाका कुमार श्रेष्ठले बताए । ग्राहकले अनलाइन मार्फत पनि सामान अर्डर गर्न सक्ने र होम डेलिभरीको निःशुल्क सुविधा पनि रहेको श्रेष्ठले जानकारी दिए ।
पोखराको लेकसाइडबाट संचालन शुरु गरिएको बजारको छिटै नै लमजुङ लगायतका स्थानमा पनि शाखा संचालन गर्ने तयारी रहेको संचालक हरि कार्कीले बताए । थोरै नाफा कमाउने र नाफामा आएको केही रकम सामाजिक काममा खर्च गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *