June 2, 2023

कास्कि- गण्डकी प्रदेश अधिवेशनले तोकेको उम्मेदवारी शुल्कमा मनपरी भएपछि अहिले त्यसको विरोध भइरहेको छ । गण्डकी प्रदेश अधिवेशन तोकेको शुल्क हेर्दा क्षमता भएको तर, आर्थिक रुपमा कमजोर व्यक्ति कांग्रेसको उम्मेदवार बन्न नसक्ने देखिन्छ ।

प्रदेश सभापति उम्मेदवारका लागि १५ हजार शुल्क लाग्नेमा ९१ हजार तोकिएको छ भने उपसभापतिका लागि ६१ हजार, महामन्त्रीका लागि ५१ हजार, सहमहामन्त्रीका लागि ४१ हजार र सदस्यका लागि ३१ हजार रुपैयाँ उम्मेदवारी दस्तुर तोकिएको छ ।

केन्द्रीय निर्वाचन समितिले सभापतिका लागि १५ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ११ हजार र सदस्यका लागि ५ हजार रुपैयाँ उम्मेदवारी दस्तुर तोकेको छ ।

तर, प्रदेशले केन्द्रको निर्णय पोल्टामा राख्दै उम्मेदवारी दर्ता शुल्कमा मनपरी दस्तुर निर्धारण गरेपछि त्यसको विरोध गरिएको छ ।

उम्मेदवार हुन चाहनेहरुले तिरेको दस्तुरबाट क्षेत्र, पालिका, जिल्ला र प्रदेशमा सहयोग पुगोस् भनेर उम्मेदवारी दस्तुर लिइएको बताइएको छ । तर, गण्डकी प्रदेशले भने उम्मेदवारी शुल्क तोकेरै गरिब उम्मेदवारको ढाट सेकिदिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा सदस्यदेखि केन्द्रीय सभापतिको उम्मेदवारी दस्तुर तोकेको छ । जसमध्ये वडा सभापतिको ५ सय, प्रदेश सभापतिको १५ हजार र केन्द्रीय सभापतिको ३० हजार उम्मेदवारी शुल्क निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box