संचारिका समुहकाे अधिवेशन सम्पन्न, अध्यक्षमा रसाईली

Byखवरबाटिका

१७ मंसिर २०७८, शुक्रबार १७:०० १७ मंसिर २०७८, शुक्रबार १७:०० १७ मंसिर २०७८, शुक्रबार १७:००
संचारिका समुह तनहुँकाे तेश्राे साधारण सभा तथा प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारीहरू । (समाचारका लागि क्लिक गर्नुहाेला )

सञ्चारिका समुह नेपाल तनहुँ शाखाको अध्यक्षमा सम्झना रसाइली सर्वसम्मत चयन भएकी छन । सस्थाको शुक्रबार सम्पन्न तेस्रो साधारण सभा तथा प्रथम जिल्ला अधिवेशन निर्वतमान सचीव रसाइली अध्यक्षमा चयन भएकी हुन ।
अधिवेशनबाट संस्थाको उपाध्यक्षमा ममता गुरुङ, सचिवमा सुनिता आचार्य, सहसचिवमा निशा थापा मगर, कोषाध्यक्षमा सर्मिला विक चयन भएका छन । यस्तै सदस्यहरुमा करुणा थापा, मन्जु थापा, सोनिया लगुन र सावित्रा कोइराला चयन भएका छन । कार्यसमितिको सल्लाहकारमा निर्वतमान अध्यक्ष सन्तोषी श्रेष्ठ, भुमिका आले, उज्ज्वल पौडेल, नारायण खड्का र अस्मिता खनाल रहेका छन ।व्यास २ स्थित नेपाल पत्रकार महासघ तनहुँको भवनमा सुरु भएको अधिवेशनको उदघाटन नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य प्रदीप काफ्लेले गरे । कार्यक्रममा बोल्दै उनले महिला पत्रकारलाई काम गर्न गाह्राे भएपछि महिला पत्रकारले समय व्यवस्थापन गरेर भएपनि पेशालाई निरन्तरता दिदै आएकाे बताए ।
संचारगृहमा सक्रिय रहिरहदा पत्रकार एवं संचारकर्मी साथीहरुले पेशालाई सम्मानित पेशा बनाउन ध्यान दिनुपर्ने उनकाे भनाई थियाे । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पाैडेलले पत्रकारितालाई खाेजमुलक पत्रकारितामा जाेड दिन आवश्यक रहेकाे कुरामा जाेड दिए ।
कार्यक्रममा बरिष्ठ लाेकगायक प्रेमराजा महत, प्रेस चौतारी तनहुँका सयोजक नारायण खड्का,कृयाशिल पत्रकार महिला तनहुँकि अध्यक्ष बिमला दवाडी कडेल लगायतले कार्यक्रमकाे सफलताकाे शुभकामना व्यक्त गरेका थिए ।  २५ हजार सहयाेग प्रदान
बरिष्ठ लाेक गायक एवं अमेरिकाकाे मेरिल्याण्ड राज्यका अबैतनिक महावाणिज्यदूत प्रेमराजा महतले संचारिका समूह तनहुँ शाखालाई २५ हजार रुपैया आर्थिक सहयाेग प्रदान गरेकाे छ।
जिल्लाकाे पत्रकारिता क्षेत्रकाे बिकास संगै संस्थाकाे गतिविधी संचालनका लागि बरिष्ठ गायक महतले आर्थिक सहयाेग प्रदान गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *