May 16, 2022

दमाैली – वरिष्ठ लोकगायक प्रेमराजा महतकाे लय शब्द तथा स्वरमा बन्दिपुरैमा बाेलकाे गीत सार्वजनिक भएकाे छ । तनहुँकै एतिहासिक तथा पर्यटकीय बन्दीपुर बजार सहित अासपासका क्षेत्रमा छायांकन गरिएकाे भिडियाे शुक्रबार साँझ प्रेमराजा महतकै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएकाे हाे ।

बन्दिपुरैमा बाेलकाे गीतमा बरिष्ठ गायक महतलाइ शान्ति श्री परियारले पनि स्वरमा साथ दिएकी छिन । गीतकाे भिडियाेमा प्रेमराजा महतले अाफै अभिनय गरेका छन । उनलाइ महिला कलाकारकाे रूपमा रन्जिता गुरूङले सहयाेग गरेकी छिन । कृष्णजीवि पन्तकाे प्रस्तुती रहेकाे उक्त भिडियाेकाे बन्दीपुर बजार, मस्याङ्दी नदी अासपासका क्षेत्रमा छायांकन गरिएकाे गायक महतले जानकारी दिए ।

चर्चित ‘सिमसिमे पानीमा’ बाेलकाे गीतका गायक महत ग्रामिण पर्यटनलाइ गीतका माध्यमबाट प्रचारप्रसार गर्न सिपालु छन । उनकाे यसअघि व्यास नगरपालिकाकाे पर्यटकीय मानुङकाेटकाे गीत समेत सार्वजनिक गरिसकेका छन । ‘गीतलाइ स्थान बिशेषसंग पनि जाेड्ने गर्छु,’ गायक महतले खबरवाटिकासंग भने, ‘गीतका माध्यमबाट पर्यटन प्रबर्द्धन गर्नु पनि हामी कलाकारकाे दायित्व हाे ।’

Leave a Reply

Your email address will not be published.