ट्याक्टर दुर्घटनामा चालककाे मृत्यु

Byखवरबाटिका

१८ मंसिर २०७८, शनिबार २०:०८ १८ मंसिर २०७८, शनिबार २०:०८ १८ मंसिर २०७८, शनिबार २०:०८

दमाैली –तनहुँकाे व्यास नगरपालिका वडा नं. ११ जुगेपानी स्थित फराकचौर- तनहुँसुर जाने भित्री सडक खण्डमा शनिवार ट्याक्टर दुर्घटना हुदाँ ट्याक्टर चालककाे मृत्यु भएकाे छ । तनहुँसुर बाट फराकचौर तर्फ फर्कदै गरेको ग १ त ६२८८ न. को ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टदाँ चालक व्यास-११ जुगेपानीका अन्दाजी २० वर्षिय अमृत नेपालीकाे घटनास्थलमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

उनकाे ट्याक्टरले च्यापिएको अवस्थामा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक घनश्याम खड्काले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *