March 25, 2023

दमाैली – नेपाल आदिवासी पत्रकार महासंघ (फाेनिज) तनहुँको चौथो अधिवेशनबाट अध्यक्षमा किरण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । त्यस्तै श्रेष्ठको अध्यक्षतामा ११ सदस्यि कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा ममता गुरुङ्ग, सह–सचिवमा सुबिना थापा मगर, कोषाध्यक्षमा संजय श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मिलन तामाङ्ग, नुक्त भुजेल, एलोज श्रेष्ठ, मोहनराज आले, करुणा थापा मगर, करिष्मा गुरुङ्ग चयन भएका छन् । त्यस्तै प्रदेश प्रतिनिधिमा प्रताप राना मगर, सुशिला थापा मगर, सुमन श्रेष्ठ, राजकुमार श्रेष्ठ र राजकुमार आले चयन भएका छन् । त्यस्तै केन्द्रिय प्रतिनिधिमा विष्णु मास्की मगर, सन्तोषी श्रेष्ठ, राजकुमार श्रेष्ठ र राम बहादुर धामी चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *