विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Byखवरबाटिका

२५ मंसिर २०७८, शनिबार १७:५५ २५ मंसिर २०७८, शनिबार १७:५५ २५ मंसिर २०७८, शनिबार १७:५५
चिल्ड्रेन – नेपालको आयोजनामा विद्यालय स्तरीय  हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । संस्थाको सहयोगमा पोखरा महानगरपालिकाका १० वटा सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरु विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । आधारभुत तहका विध्यार्थीहरुलाई सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको अभिबृद्दी  गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बालबालिका युवा तथा परिबार शाखाका बरिस्ठ कार्यक्रम अधिकृत शारदा शर्माले  जानकारी दिनुभयो ।
१० वटा सामुदायिक विद्यालयहरु विचमा भएको प्रतियोगितामा साहारा बाल आधारभुत विद्यालयका गिता किसान ,रेबिता परियार र लक्ष्मी परियारको समुह प्रथम भएको थियो । साथै सो प्रतियोगितामा  कन्या मा बि नदिपुरका सिमरन बि क,शिरिसा नेपाली र सिम्रन परियारको समुहले द्धितिय स्थान ,श्री कृष्ण मा बि मासबारका कुशलता परियार,सम्पदा आचार्य र शिबम त्रिपाठीको समुह  तृतीय स्थान र पार्दी मा बी र सरस्वती आधारभुत विद्यालयले क्रमशः सान्त्वना स्थान प्राप्त गरेका थिए ।
कार्यक्रममा चिल्ड्रेन नेपालका निमित्त कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्मा, वरिष्ठ कार्यक्रम अधिकृतद्वय शिव शर्मा चापागाईं र शारदा शर्माले सयुक्तरूपमा  उत्कृष्ट स्थान प्राप्त गर्ने बालबालिकाहरुलाइ पुरस्कार बितरण गर्नु भएको थियो ।निमित्त निर्देशक शर्माले  हाजिरीजवाफ एक बौद्धिक खेल भएको र यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने कुरा बताउदै आगामी दिनमा बालबालिकाहरुले सामान्य ज्ञान तर्फ आफुलाइ प्रेरित गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।प्रथम स्थान प्राप्त गरेकी साहारा बाल आधारभुत विद्यालयकी छात्रा गिता किसानले यो प्रतियोगिता बाट खुसी संगै पाठ्यपुस्तक भन्दा बाहिरको सामान्य ज्ञान पनि जान्नु पर्ने कुरामा थप उर्जा मिलेको कुरा बताइन। उक्त हाजिरीजवाफ प्रतियोगिताको संचालक सह सयोजक रमेश सुबेदीले गरेका थिए । कार्यक्रममा सहायक सयोजक सुनिता तिमिल्सिना ,महेन्द्र पौडेल र लीला न्यौपानेले सहजीकरणमा सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *