December 10, 2022

नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा (पिएस) गुरुङलाई पार्टीले प्रभार विभाग प्रमुखको जिम्मेवारी दिएको छ । अर्का प्रभावशाली नेता खगराज अधिकारी संगठन विभाग प्रमुख भएका छन् । एमालेमा अध्यक्ष र महासचिवपछि संगठन विभाग प्रमुखको जिम्मेवारी महत्वपूर्ण मानिन्छ । केन्द्रीय कमिटीको दोस्रो बैठकले एमाले नेताहरुको कार्यविभाजन गरेको हो । अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र जिम्मेवारी दिइएको छ । महासचिव शंकर पोखरेलले पनि पार्टीको समग्र जिम्मेवारी पाएका छन् ।

स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली चयन भएका छन् । कार्यविभाजन अनुसार, केपी ओली समग्र पार्टी, ईश्वर पोखरेल नीति अनुसन्धान प्रतिष्ठान, युवराज ज्ञवाली स्थानीय तह प्रदेश र संघ, अष्टलक्ष्मी शाक्य राजनीतिक समन्वय, रामबहादुर थापा बादल राष्ट्रिय सुरक्षा, विष्णु पौडेल पार्टी संगठन अनुगमन, सुवास नेम्वाङः ससदिय अनुगमन, सुरेन्द्र पाण्डेः राजकीय मामिलाको जिम्मेवारी, महासचिव समग्र पार्टी, प्रदीप ज्ञवाली स्कुल विभाग, विष्णु रिमालः आर्थिक लेखा लगायत, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराई, कार्यालय सचिवको जिम्मेवारी भीष्म अधिकारीलाई छ । केन्द्रीय कमिटीको आइतबारको पूर्ण बैठकले ७ प्रदेशका इन्चार्ज पनि तोकेको छ । गण्डकीमा पार्टी सचिव पद्मा अर्याल प्रदेश इन्चार्ज तोकिएकी छन् ।

केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठनदेखि थप केन्द्रीयसमेत मनोनीतको निर्णय आइतबार गरेको छ । नेकपा एमालेको ४५ सदस्यीय स्थायी कमिटीमा ६ जना महिला नेताहरु परेका छन् । भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले आइतबार स्थायी कमिटी गठन गरेको हो । स्थायी कमिटीमा गण्डकी प्रदेशबाट ५ जना परेका छन् । ४५ जना रहने स्थायी कमिटीमा २२ जना नयाँ अनुहार समेटिएका छन् ।

१९ जना पदाधिकारीबाहेक थप २६ जनालाई स्थायी कमिटी सदस्य बनाउने गरी पार्टी अध्यक्ष केपी ओलीले बैठकमा नाम प्रस्तुत गरेका थिए । ४५ सदस्यीय स्थायी कमिटीमा कास्कीका नेता खगराज अधिकारीको नाम परेको छ । स्थायी कमिटीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्यालसहित पूर्व स्वास्थ्य मन्त्री एवं गृहमन्त्री खगराज अधिकारी, नेपाल सरकारका पूर्व वनमन्त्रीसमेत रहेका किरण गुरुङ र म्याग्दीकी नेतृ थममाया थापा परेका छन् ।

गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा र पूर्वअर्थमन्त्री किरण यसअघि पनि स्थायी कमिटी सदस्य थिए । खगराजको यसपालि पदोन्नति भएको छ । केन्द्रीय कमिटीका १९ जना पदाधिकारी पदेन स्थायी कमिटी सदस्य हुन्छन् । एमालेमा १९ जना पदाधिकारी छन् । २६ जनालाई केन्द्रीय कमिटी बैठकले मनोनयन गरी ४५ सदस्यी स्थायी कमिटी बनाएको हो ।

पोलिटब्युरो कमिटी पनि एमाले केन्द्रीय कमिटी बैठकले चयन गरेको छ । पोलिटब्युरो कमिटी ९९ सदस्यीय छ । पोलिटब्युरोमा गण्डकीबाट ११ जना परेका छन् । खगराज अधिकारी, किरण गुरुङ, सीता गिरी ओली, जगत विश्वकर्मा, थममाया थापा, टुकराज सिग्देल, लीलबहादुर थापा, मना केसी पोलिटब्युरो कमिटीको सदस्य चयन भएका छ । पदाधिकारी स्वतः यो कमिटीमा हुन्छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र पद्मा अर्याल पनि यो कमिटीमा सदस्य छन् ।

पोलिटब्युरो सदस्यमा घनश्याम भुसाल, देवराज घिमिरे, गुरु बराल, लालबाबु पण्डित, भीम आचार्य, खगराज अधिकारी, काशीनाथ अधिकारी, किरण गुरुङ, मणि थापा, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, भानभुक्त ढकाल, शेरधन राई, यमलाल कँडेल, शम्भु साह, अग्नि खरेल, सीता पौडेल, राजन भट्टराई, गोरखबहादुर बोगटी, विन्दा पाण्डे, राजेन्द्र गौतम, कर्ण थापा, शेरबहादुर तामाङ, थममाया थापा, हिक्मत कार्की, देवी ज्ञवाली, गोकुल बाँस्कोटा, महेश बस्नेत, अरुण नेपाल, आनन्द पोखरेल, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, जगत विक, लीला गिरी, बालकृष्ण ढुंगेल, कमल चौलागाईँ, ईश्वरबहादुर रिजाल, विनोद श्रेष्ठ, जीतु गौतम, रामदयाल मण्डल, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, दलबहादुर राना, खेममान खड्का, गोकुल घर्ती, टुकराज सिग्देल, लीलानाथ श्रेष्ठ, वैजनाथ चौधरी, सूर्य थापा, नारदमुनि राना, राजेन्द्र रावल, लीलबहादुर थापा मगर, सुशीला नेपाल, मना केसी, ज्वाला कुमारी साह, पार्वत गुरुङ, सुजीता शाक्य, मञ्जु चौधरी, मोहन बानियाँ, गणेश ठगुन्ना, अच्यूत मैनाली, खिमलाल भट्टराई, ठाकुर गैरे, देवेन्द्र दाहाल, विशाल भट्टराई, दधिराम नेउपाने, रामेश्वर फुयाँल, गौरी ओली, निरुदेवी पाल, तिलक मेयाङ्बो, जुलीकुमारी महतो, विमला घिमिरे, गुलाबजंग शाह, शान्ता चौधरी, लीलाकुमारी भण्डारी, सीता गिरी वली, नरुलाल चौधरी, कृष्णबहादुर राई, लक्ष्मी पोखरेल छन् ।

एमालेले ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । केन्द्रीय कमिटीको आइतबारको बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावलाई बैठकले पारित गरेको हो ।
विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट ९ जना मनोनीत भएका छन् । मनोनीत हुनेमा गण्डकी प्रदेशबाट ६ जना परेका छन् । पोखरा महानगरपालिकाकी कार्यवहाक मेयर मञ्जुदेवी गुरुङ, पर्वतबाट निर्वाचित संघीय सांसद पदम गिरी, पोखराका बालकृष्ण काउछा, बागलुङका संघीय सांसद सूर्य पाठक, मुस्ताङबाट गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचन र पर्वतकी कल्पना चापागाईं मनोनीत भएका छन् ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराई, लालबाबु पण्डित, दुर्गा प्रसाईदेखि विद्यार्थी नेता ऐन महरसम्म छन् । प्रसाई मेडिकल व्यवसायी हुन् । उनी माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए । पण्डित पदाधिकारीमा नाम नपरेपछि एमालेको महाधिवेशन नै छाडेर हिँडेका थिए । विगतमा उनी एमालेमा माधवकुमार नेपाल निकट थिए ।

मनोनित हुनेहरुमा पुरुषतर्फ दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुवास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक र विषमलाल अधिकारी छन् ।

महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईँ, आशा विक, नैनकला ओझा, मञ्जुदेवी गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जाल, शान्ति अधिकारी, रुक्मिणी राठा, सरस्वती यादव, तारादेवी गुरुङ र गीता कार्की मनोनित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *