२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि  भएको निर्वाचनमा अहिलेसम्म ६ सय मत खसेको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिसकेका छन् ।
मतदान गर्नका लागि भृकुटीमण्डपमा दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । धेरै उम्मेदवार भएकाले मतदान गर्नलाई एक जनालाई ४५ देखि ५५ मिनेटसम्म लागेको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि ४८० जना भन्दा धेरै उम्मेदवार छन् ।
मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधि, उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेता डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले मतदान गरिसकेका छन्।
निर्धारित समय ९ बजेभन्दा करिब २ घण्टा ढिलो गरी  मतदान सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *