हारेका छैनौँ, विजयी भएका छौँ : डा. शेखर कोइराला

Byखवरबाटिका

२९ मंसिर २०७८, बुधबार १७:५३ २९ मंसिर २०७८, बुधबार १७:५३ २९ मंसिर २०७८, बुधबार १७:५३

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार बनेर पराजित भएका डा. शेखर कोइरालाले आफूहरु पराजित नभई विजयी भएको बताएका छन् । बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो प्यानलले उठाएका कदमहरुलाई महाधिवेशनको नतिजाले विजयी देखाएको उल्लेख गर्दै डा. कोइरालाले पराजित नभई विजयी भएको बताए ।

उनले भने, ‘शेरबहादुर देउवाजी स्वस्थ प्रतिस्पर्धाबाट विजयी हुनुभएको छ । उहाँलाई  बधाइ छ । तर, अब पनि साढे ५ वर्ष बेथितीकै हिसाबले पार्टी चल्न थाल्यो भने हामी सशक्त रुपले प्रस्तुत हुनेछौँ । निर्वाचन भएपछि कोही जित्छ, कोहीँ हार्छ, यसमा मेरो कुनै कुण्ठा छैन । किनकि पार्टीभित्र कस्ले सपोर्ट गर्नुभयो, भएन त्यो थाहा छैन । तर, नेपाली कांग्रेसलाई माया गर्ने लोकतान्त्रिक साथीहरुले हामीले लिएको कदमलाई विजयी भएको सोच्नुभएको छ र हामी विजयी भएका छौँ भन्ने मलाई लाग्छ ।’

डा. कोइरालाले आजैदेखि कांग्रेस रुपान्तरणमा लाग्ने बचन व्यक्त गरेका छन् । ‘म आजैदेखि कांग्रेसको रुपान्तरणमा लागेको छु । सबैको घरदैलोमा जानेछु, साथीहरु पनि जानहुनेछ । आगामी महाधिवेशनमा सफलता प्राप्त गर्ने विश्वास लिएका छौँ । भागबन्डा, गुटबन्दीमा लाग्दैनौँ । राम्रो काम गर्यौँ भने पक्कै सोचमग्न बनाउनेछौँ,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *