May 22, 2022

दमौली – देशैभरीको सामुदायिक रेडियोहरुको छाता सङ्गठन सामुदायिक रेडियो प्रशारक संघ तनहुँको संयोजकमा पुनः हरिशरण पण्डित चयन भएका  छन । तनहुँ सञ्चार सहकारी सस्थाद्धारा सञ्चालित दमाैली एफएमका अध्यक्ष समेत रहेका पण्डित संघको बुधबार दमौलीमा सम्पन्न दोस्रो अधिवेशनबाट संयोजकमा सर्वसम्मत रुपमा चयन भएका हुन ।

समितिको सदस्यहरुमा रेडियो देवघाटका महासचिव निरञ्जन हाँडा, अन्जना तिमल्सेना, रेडियो देवघाटका गोपाल न्यौपाने, रेडियो छिम्केश्वरीकी शर्मिला बिक, मेरो साथी एफएम र रेडियो तनहुँ रहेका छन । अधिवेशनको नेपाल पत्रकार महासङ्घ तनहुँको निर्वतमान अध्यक्ष तथा अकोराब गण्डकी प्रदेशका निर्वतमान उपाध्यक्ष ओमकार आचार्यले उद्घाटन गरेका थिए ।

आचार्यले पत्रकारिताका क्षेत्रलाई सरकारको चौथो अंग भनिए पनि, संघ, प्रदेश तथा स्थानीय सरकारले उचित संरक्षण र सहयोग गर्न नसकेको बताए ।  उनले सामुदायिक रेडियोहरुले सूचना, मनोरञ्जनको क्षेत्रमा ग्रामिण क्षेत्रमा समेत खेलेको भूमिका उल्लेख्य छ।

नव निर्वाचित अध्यक्ष पण्डितले महंगी र कोरोनाको कहरले थलिएको वर्तमान परिवेशमा सामुदायिक रेडियोहरु सञ्चालन गर्न अत्यन्त कठिन भएको प्रसंग प्रस्तुत गर्दै जिल्लाका सबै सामुदायिक रेडियोहरुलाई उचित संरक्षण र प्रवद्धन गर्न आफू प्रयत्नशिल रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल प्रेस युनियन तनहुका अध्यक्ष अमरराज नहर्कीले सामुदायिक रेडियोको हितको लागि सस्थागत आवाज उठाउन प्रतिबद्ध रहेको बताए ।

Leave a Reply

Your email address will not be published.