December 9, 2022

दमाैली – व्यास नगरपालिका ६ स्थित गलेखामकाेटकाे प्रबर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएकाे ‘जाम्न गलेखाम’ बाेलकाे गीत बिमोचन गरिएको छ । आइतवार व्यास नगरपालिकामा आयोजीत एक कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्याैपानेले गीतकाे विमोचन गरेका हुन ।

व्यास अध्यता काशीनाथ न्यौपानेले रचना रहेकाे गीतमा गायिका समिक्षा अधिकारी र गायक नवराज थापाको स्वर रहेको छ । गीतमा मनराज प्ल्हेमे गुरुङ (हरी)ले संगित दिएका छन्। गीतकाे भिडियाे कुमार केशीले निर्देशन गरेका हुन।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले व्यास नगरपालिकामा रहेका महत्वपुर्ण धार्मिक तथा एेतिहासिक स्थलकाे प्रचारप्रसारमा सबैले हातेमालाे गर्दै सहयोग गर्नु पर्ने बताए।

गलेखामकोट कोटभैरबी पर्यटन विकास समितिकी अध्यक्ष बालकुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा व्यास अध्यता काशीनाथ न्यौपानेले प्राकृतिक सांस्कृतिक र धार्मिक रुपले तनहुँ धनि रहेकोले गलेखामकोटको प्रचारप्रसार गर्नका लागि गीतको रचना गरेको बताए ।

व्यास ६ का वडा अध्यक्ष सुर्यभक्त भण्डारीले गलेखाम पर्यटन क्षेत्रको प्रचारप्रसारको अभावमा ओझेलमा परेको जानकारी दिए।

भिडियाे

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *