बन्दिपुरमा अंग्रेजी नयाँ वर्षमा विविध साँस्कृतिक कार्यक्रम हुने

Byखवरबाटिका

१३ पुष २०७८, मंगलवार १०:२७ १३ पुष २०७८, मंगलवार १०:२७ १३ पुष २०७८, मंगलवार १०:२७

बन्दीपुर – अंग्रेजी नयाँ बर्षकाे उपलक्ष्यमा तनहुँकाे बन्दीपुरमा विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ । अान्तरिक तथा बाह्य पर्यटक बढाउने उद्धेश्यले विविध साँस्कृतिक कार्यक्रम गर्न लागिएको क्षेत्रीय हाेटल संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले बताए । बन्दीपुर पर्यटकिय क्षेत्र हाे , याे तनहुँकाे पुरानो सदरमुकाम पनि हाे , सँगसँगै याे पहाडकि रानीले चिनिन्छ , विविध क्षेत्र बाट प्रख्यात रहेकाे भए पनि पछिल्लो समय काेभिड १९ का कारणले यहाँको पर्यटन क्षेत्र सिथिल छ , अध्यक्ष प्रधानले भने । यहि सिथिल पर्यटन क्षेत्रलाई चलायमान बनाउन पनि हामीले अंग्रेजी नयाँ बर्ष बनाउन लागेका हाैं ।
अंग्रेजी नयाँ बर्षकाे अघिल्लो साँझ सुरु हुने कार्यक्रम लगातार ३ दिनसम्म चल्नेछ उनलेे भने , जसमा हामीले स्थानीय स्तरबाट उत्पादन भएका परिकार हरूलाइ प्राथमिकता दिने छाैँ । तनहुँ जिल्ला भित्र र अासपासका पर्यटकहरू लाई पोखरा जान नपर्ने गरि बन्दिपुरमै रमाइलो गर्ने व्यवस्था गर्न कन्सर्ट समेत राख्ने याेजना बनाएका छाैँ अध्यक्ष प्रधानले भने । तनहुँलाई पर्यटकीय गन्तव्य बनाउने र स्थानीय कलाकार र संस्कृतिलाई प्रोत्साहन गर्ने कार्यक्रमको अर्को उद्देश्य रहेको प्रधानले बताए । बन्दीपुर पर्यटन बिकास समिति , उद्योग बाणिज्य संघ बन्दीपुर बजार इकाई र क्षेत्रीय हाेटल संघ बन्दीपुर बजार इकाईकाे संयुक्त अायाेजनामा हुने सांस्कृतिक कार्यक्रममा सडकमै खाअाैँ , सडकमै रमाअाैं नारालाई मुख्य रूपमा राखिएको छ । बन्दीपुरका कलात्मक घर हरू , प्राकृतिक रमणीय बाताबरण त्यसमै अर्गानिक खानाहरूले पर्यटकहरू खुसि बनाउने लक्ष्य लिएका छाैँ बन्दिपुर पर्यटन बिकास समितिका अध्यक्ष किसान प्रधानले भने । नाचाैँ , खा , रमाअाैं , रमाइलो सांस्कृतिक कार्यक्रम हेर्न बन्दीपुर अवस्य अाअाैं , हामी तपाई हरू लाई स्वागत गर्न अातुर छाैं उद्योग वाणिज्य संघ बन्दिपुर सभापति घनश्याम उपाध्यायले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *