दमौली- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको स्वास्थमा निमोनिया देखिएको छ । पारिवारिक स्रोतका अनुसार निमोनियाका कारण बिरामी भएपछि नेता पौडेलको घरमै उपचार गराइएको छ । पौडेलले चिकित्सकसँग परामर्श गरेर घरमै स्वास्थ्यलाभ गरिरहेका छन । काङ्ग्रेसको १४ महाअधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका नेता पौडेल पराजित भएका थिए । उनलाई काङ्ग्रेसको नवनिर्वाचित केन्द्रिय समितीले केन्द्रिय सदस्यमा मनोनीत गरेको थियो ।
