देवघाटमा ५३ जनाले गरे रक्तदान

Byखवरबाटिका

२२ पुष २०७८, बिहीबार २१:५४ २२ पुष २०७८, बिहीबार २१:५४ २२ पुष २०७८, बिहीबार २१:५४

करिस्मा गुरुङ
देवघाट -तनहुको देवघाटमा वृहत् रूपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ नारायणगढ चौतारी र लियो क्लब अफ देवघाट चौतारीको संयुक्त आयोजनामा वृहत् रक्तदान कार्यक्रम भएको हो ।कार्यक्रममा प्रमुख अतिथि किरट्रीक यम. टि. एफ. लायन नवराज सापकोटाले रगत दान गरे पनि नगरे पनि तीन महिनाभित्रीमा हाम्रो शरीरबाट पानी भएर जान्छ,रगत आफुसँगै राख्छु भनेर रहने चिज पनि हैन त्यसैले समयमै यसको सहि सदुपयोग गर्न अनुरोध गरे ।
पवित्र स्थल देवघाटधाम आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान दिए ।  देवघाट इलाका प्रहरी कार्यलयका इन्चार्ज सुशील लामिछाने चौथो पटक रक्तदान गरे ।
रगत दान गर्न पाउनु नै सबैभन्दा ठुलो कुरा रहेको सोही रक्तदान कार्यक्रमका रक्तदाता रन्जित गुरूङले बताए । उनले निश्चित ठाउँमा गएर रगत दान गर्न पाउदाँ खुसी व्यक्त गरे ।

सो रक्तदान कार्यक्रम लियो क्लब अफ देवघाट चौतारीका अध्यक्ष लियो आत्मराम पाण्डेको संयोजकत्व र क्लबका अध्यक्ष यम. टि. एफ. लायन ओम प्रकाश गौतमको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *