May 18, 2022

दमौली । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनपछि  सबै जिल्लाको  अधिवेशन आज भइरहेको छ  । यसैबीच तनहुँमा पनि नेकपा एमालेको जिल्ला अधिवेशन भइरहेको छ । व्यास ३ स्थित अनसन चौतारीमा सुरु भएको अधिवेशनको उदघाटन पार्टिका स्थायी कमिटी सदस्य एवम पुर्व मन्त्री किरण गुरुङले गरे  । उदघाटन समारोह सकिएपछी व्यास ४ स्थित सिमलटारमा रहेको नमस्ते  पार्टी प्यालेसमा बन्द सत्र सुरु गरिने बताइएको छ । अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी गठन गर्ने भएको छ  । नयाँ अध्यक्षका लागि वर्तमान अध्यक्ष केदार सिग्देलले नदाेहाेर्याउने भए पछि हालका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्ष बन्ने  सम्भावना उच्च  रहेको स्रोतले जनाएको छ ।अधिवेशनमा प्रभावशाली नेता देखिएका हरिराज कँडेलले पनि अध्यक्षमा रुचि राखेका थिए । अध्यक्षमा श्रेष्ठलाई बनाउने सहमति भएको हुनाले कडेललाइ  उपाध्यक्ष दिएर  सहमति गराउने देखिएको छ । सर्वसम्मत रुपमा चयन गर्न केन्द्रीय नेताहरुको ठूलो दबाब रहेको हुनाले चुनाव हुने सम्भावना निकै कम रहेको देखिन्छ । यद्यपि सहमति नभएमा अध्यक्ष बाहेक अन्यमा निर्वाचन हुनेछ ।

Leave a Reply

Your email address will not be published.