May 16, 2022

दमाैली – नेकपा एमालेका स्थायि कमिटि सदस्य एवं पुर्व मन्त्री किरण गुरुङले देश बिकाशका लागि पत्रकारिताकाे खाँचाे भईरहेकाे बताएका छन । प्रेस चाैतारी नेपाल तनहुँ शाखाकाे ९ आैं जिल्ला अधिवेशनकाे उदघाटन सत्रमा बाेल्दै गुरुङले पत्रकारिता क्षेत्रलाई व्यवसायिक रुपमा परिस्कृत गर्दै अघि बढाउनु पर्ने कुरामा जाेड दिएका हुन ।   नेकपा एमालेले सम्बृद्ध नेपालकाे नारा अघि बढाएकाे बताउँदै उनले देश बिकासका लागि पत्रकारिता क्षेत्रकाे कलम आवश्यक रहेकाे बताए ।  ‘बिपीले सम्बृद्धिका लागि एउटा घर, एक हल गाेरू चाहिन्छ भन्नू भएकाे थियाे,’ उनले थपे, ‘त्यतिबेला त्याे सान्दर्भिक थियाे हाेला तर अहिले सम्बृद्धिकाे परिभाषा फेरिएकाे छ।’ उनले समय सापेक्षकाे आधारमा परिवर्तन हुनुपर्ने भन्दै अहिले किसानलाई हल गाेरु भन्दा ट्याक्टर र प्रविधिकाे आवश्यकता रहेकाे बताए ।  अधिवेशनमा बाेल्दै राष्ट्रिय सभा सदस्य भगवती न्याैपानेले  पत्रकारिताकाे दुर्बलता र सबल पक्ष केलाउन आवश्यक रहेकाे बताईन। जनतालाई जागृृत गराउने, सचेत गराउने कुरामा पत्रकारिताकाे भूमिका महत्वपुर्ण रहेकाे भन्दै उनले पछिल्लाे समय अनलाईन संचारमाध्यमहरुमा गलत तथा भ्रामक समाचार प्रकाशन गर्ने र कपि पेष्ट गर्ने प्रचलन बढेकाेमा चिन्ता व्यक्त गरिन् ।नेकपा एमाले तनहुँका निवर्तमान अध्यक्ष केदार सिग्देलले पार्टि भित्रकाे गलत प्रबृति भए पत्रकारले त्यसकाे भण्डार गर्न आवश्यक रहेकाे बताए । जिल्ला अधिवेशनकाे अबसरमा नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्ले, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पाैडेल, प्रेस चाैतारीका केन्द्रिय सदस्य प्रकाशचन्द्र भट्टराई, समुन्द्र पाैडेल, प्रेस युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कि, क्रान्तिकारी पत्रकार संघ तनहुँका अध्यक्ष साने बहादुर नेपाली, संचारिका समूह तनहुँकी अध्यक्ष सम्झना रसाईली, फाेनिज तनहुँका अध्यक्ष किरण श्रेष्ठ,  लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रेसचाैतारी तनहुँका अध्यक्ष नारायण खड्काकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन सचिव कृष्ण न्याैपानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.