
दमौली -नेकपा एमाले तनहुँको नवौं जिल्ला अधिवेसनबाट निर्वाचित पदाधिकारीको बुधबार पदस्थापन भएको छ ।
पदस्थापन कार्यक्रममा स्थायी कमिटी सदस्य किरण गुरुङ,निवर्तमान जिल्ला अध्यक्ष केदार सिग्देल,लगायतका नेताहरुले पदाधिकारीलाई पार्टीको गरिमा बढाउने गरी काम गर्न आग्रह गरेका थिए । उक्त अबसरमा नवनिर्वाचित अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पार्टीको छवि उचो बनाउने, संगठित सदस्य संख्या बढाउने लगायतका योजनामा काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
हालै सम्पन्न अधिवेसनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेसनबाट उपाध्यक्षमा हरिराज कंडेल, सचिवमा राजेश्वर ढकाल, प्रदिपराज अधिकारी र खिमबहादुर कुमाल उपसचिव निर्वाचित भएका थिए । साथै, अधिवेसनले १ सय ५ सदस्य रहेको जिल्ला कार्यसमिति चयन गरेको छ । साथै सोही अवसरमा पोलिटब्यूरो सदस्य एवम तनहुँ इन्चार्ज टुकराज सिग्देल र पार्टीकी केन्द्रिय सदस्य एवम् तनहुँ सह इन्चार्ज भगवती न्यौपानेले पनि पदभार गरेका थिए ।