December 10, 2022

दमौली – व्यास नगरपालिकाले सबै बिद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोरोना संक्रमण बढेपछि सरकारले पुस २७ देखि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेता पनि व्यासले नियमित रुपमा कक्षा संचालन गर्दै आएको थियो । बिहीवार एक सूचना प्रकाशन गर्दै माघ १५ गते सम्म बिद्यालय बन्द गर्न निर्देशन दिएको हो । पुसको अन्तिम साताबाट व्यासका अधिकांश बिद्यालयमा परिक्षा चलिरहेको हुनाले पुस मसान्तसम्म बिद्यालय संचालन गरिएको र परिक्षा सकिए लगत्तै बिद्यालय बन्द गर्न निर्देशन दिएको व्यास नगरपालिकका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मिले खबरवाटिकालाई जानकारी दिए । माघ १५ गते सम्मको बिदालाई हिउदे बिदा लगायत अन्य बिदाबाट कट्टि हुने गरि बिद्यालय बन्द गर्न लगाइएको रेग्मिले बताए । यस अवधिमा खोप अभियान र बोर्ड परिक्षा चलिरहेन पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *