May 17, 2022

दमाैली– तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ६ धरमपानीमा जीप दुर्घटना हुँदा ज्यान गुमाउने ४ जनाकाे सनाखत भएकाेछ  । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएकाे जानकारी अनुसार ज्यान गुमाउनेहरूमा बन्दीपुर गाउँपालिका ६ धरमपानी बस्ने ९ महिने अारूबि थापा, २४ बर्षिय राेशन गुरूङ, ५३ बर्षिय हरि बहादुर न्याैपाने र ४८ बर्षिया सुशिलादेवी न्याैपाने रहेका छन । दुघर्टनामा परी अन्य ५ यात्रु घाइते भएका छन ।

बन्दीपुर–६ बाक्सेबाट धरमपानी आउदै गरेको ग १ ज ६५५५ नं.को जिप हटिया भन्ने ठाउँमा सडकबाट करिब १ सय मिटर तल खस्दाँ दुर्घटना भएकाे थियाे । घाइतेहरूकाे बन्दीपुर अस्पतालमा उपचार भइरहेकाे बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए। दुर्घटनामा परी सोही ठाउँका २१ वर्षीया जमुना थापा (मृतक बालिकाको आमा), ४८ वर्षीया मम्कुली थापा, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया समिशा थापा र ७ महिने बालिका विविशा थापा घाइते भएकाे प्रहरीले जनाएको छ ।

दुर्घटना भएकाे जीपमा १२ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.