November 30, 2022

      अन्जान परियार, घिरिङ्ग।
घिरिङ्ग गाउँपालिकाले एम्बुलेन्स खरिद गरि स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ।आर्थिक वर्ष २०७७/०७८ को बार्षिक बजेट मार्फत गाउँपालिकाले एउटा एम्बुलेन्स खरिद गरेको हो।

गाउपालिका अध्यक्ष रन बहादुर रानाले शुक्रबार एक कार्यक्रमका बिच घिरिङ्ग स्वास्थ्य चौकी इन्चार्ज प्रीतम थापा लाई एम्बुलेन्स हस्तान्तरण गर्नु भएको हो। रानाले स्वास्थ्य चौकी प्रमुख थापा लाई एम्बुलेन्सको चाबी दिएर शुभारम्भ समेत गर्नु भएको छ।

उक्त एम्बुलेन्स सुत्केरी महिला , ७५ बर्ष माथिका नागरिक, बिपन्न बर्ग,आकस्मिक दुर्घटनामा परि घाइते भएका हरुलाई निशुल्क सेवा दिने बताइएको छ। भने अन्यको हकमा शुल्क लाग्ने रानाले बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *