May 22, 2022

काठमाडौँ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत’को होला त्यो २’ को फिमेल भर्सन ‘तिमी आउँछौ की भनी’को भिडियो सार्वजनिक भएको छ । गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द, संगीत गायक गिरीकै रहेको छ भने स्वर गायिका सुमन गुरुङ्गकाे रहेको छ । गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ । पल शाह र कृष्टिना थापाको अभिनय रहेको भिडियोमा प्रेमीकाले आँफुले औधी माया गरेका प्रेमीको पर्खाइ र सम्झानामा बितेका दिनहरुलाई निर्देशक अनिल के मानन्धरले गज्जबसँग प्रस्तुत गरेका छन् ।

नयाँ – नयाँ लोकेशनमा आफ्ना एक पछि अर्को भिडियोहरु छायांकन गर्दै बजारमा ल्याइरहेका गायक गिरीले ‘तिमी आउँछौ की’मा दर्शकले बिल्कुलै नयाँ स्वाद पाउने बताए । भिडियोको छायांकन पनि निर्देशन अनिल के मानन्धरले नै गरेका हुन् भने सम्पादन र कलरिगं मनोज कार्कीले गरेका हुन् ।

हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published.