May 17, 2022
  • मंगलबारदेखी यो साता नगरपालिका बन्द रहने

 

दमाैली–  व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख मिरा जोशी सहित व्यास नगरपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय सभा निर्वाचनको पुर्वसन्ध्यामा जनप्रतिनिधीको पिसिआर परिक्षण गर्ने क्रममा नगरप्रमुख न्यौपाने, उपप्रमुख जोशी सहित व्यास नगरपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको व्यास नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख, उपप्रमुख सहित कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि व्यास नगरपालिकाले मंगलबारदेखी शुक्रबारसम्म नगरपालिकाको अत्यावश्यक कामकाज बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.