
दमाैली – मालपोत कार्यालय तनहुँ एक साता बन्द हुने भएकाे छ । कोरोनाकाे संक्रमण बढ्दै गएसंगै कर्मचारीमा पनि अमिक्राेन भाइरसकाे लक्षण देखिन थालेपछि कार्यालयले एक साता कामकाज बन्द गर्न लागेकाे हाे ।
मालपोत कार्यालय तनहुँका प्रमुख मालपोत अधिकृत चिरञ्जीवि पाैडेलले शुक्रबार एक सुचना जारी गर्दै अागमी माघ १६ गतेदेखी २१ गतेसम्म कार्यालयले प्रदान गर्ने लिखत पारित, रोक्का फुकुवा, नामसारी, दाखिल खारेज, संशाेधन सम्बन्धी सेवाहरू स्थगित गरिएकाे जनाएकाे हाे ।