May 22, 2022


तनहुँको व्यास नगरपालिकावडा नं १स्थित कुक सहायक, सिलाई–कटाइ र पञ्चेबाजातालिमविहीवारबाट सुरु भएको छ । प्राविधिकशिक्षातथाव्यावसायिकतालीम परिषद् (सिटिइभिटी) गण्डकीप्रदेश र व्यास नगरपालिकाको संयुक्तआयोजनातथा मगर समाज सुधार समितिदमौलीतनहुँको व्यवस्थापनमाउक्ततालिम सुरु गरिएको हो । सिटिइभिटीगण्डकी र व्यास नगरपालिकाविचभएको द्विपक्षीय समझदारी बमोजिमपहिलो चरणमाउक्ततालिम सुरु भएको हो । पोखरा प्राविधिकशिक्षालयको सहयोगमाविशेष गरी युवाहरुलाई लक्षित गरी २८ दिन(१६० घण्टा) लेभल १को कुक तालिम सुरु भएको छ । जसमाव्यासकाविभिन्नवडाका २० जनायुवाहरुले सहभागीताजनाएकाछन् ।
उनीहरुलाई प्रदीप राईले प्रशिक्षणदिने छन् । प्रशिक्षणको २७औँ दिनमा राष्ट्रिय सीप परीक्षणवोर्ड (एनएसटीबी)ले लिने सीप परीक्षणउत्तीर्ण भएकाप्रशिक्षार्थीलाई प्रमाणपत्रप्रदानगर्ने सिटिइभिटीगण्डकीप्रदेशकानिर्देशकप्रमोदभक्तआचार्यले जानकारी दिए ।उक्ततालिम दैनिक ६ घण्टाका दरले सञ्चालनहुने आयोजकले जनाएको छ । विभिन्नविषयकातालिम सञ्चालनकालागि वैदेशिक रोजगार वोर्ड र पोखरा प्राविधिकशिक्षालयबीचभएको सम्झौताअनुसार निशुल्क लेभल१ कुक तालिम सञ्चालन गरिएको हो ।


त्यस्तैगरी महिलाहरुलाई लक्षित गरी  सिलाई–कटाई तालिम पनि  सुरु गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र व्यास नगरपालिकाको सहयोगमा ६५ दिने(३९०घण्टे) सिलाई–कटाइतालिम सुरु भएको हो । उक्ततालिममाव्यासकाविभिन्नवडाका २० जनाको सहभागिता रहेको छ । त्यस्तैगरी पञ्चेबाजा तालिम पनि सुरु भएको छ । स्थानीय आवश्यकतामा आधारित उक्त तालिममा महिला र पुरुषदुबैको सहभागिता रहेको छ । एक महिने उक्ततालिममा रोशनवर्देवाले प्रशिक्षणदिने आयोजकले जानकारी दिएकाछन् ।
यस अघितालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाकाप्रमुख बैकुण्ठन्यौपानेले सिटिइभिटी र नगरपालिकाबीच भएको सम्झौता बमोजिम क्रमश अन्य तालिमहरु पनि सञ्चालनगरिने बताए । स्थानीय समुदायको आवश्कयतालाई ध्यानमा राखेर सीपहस्तान्तरणकाकार्यक्रमहरु अघिबढाइने न्यौपानेले जानकारी दिए । साथै नेपाली समाजमाविगतदेखि नै सांस्कृतिककार्यक्रमहरुमाबाजाको छुट्टै महत्व रहीआएकाले पनिबाजाबजाउने सीपले राम्रो आम्दानीको स्रोत सिर्जनागर्ने उनले विश्वास व्यक्त गरे । बजारको आवश्यकतालाई सम्बोधनगर्ने खालका सीपसिकेर सोहीअनुसार उद्यमगर्न समेत न्यौपानेले सहभागीलाई आग्रह गरे ।
त्यस्तै कार्यक्रममासिटिइभिटीगण्डकीप्रदेशकानिर्देशकप्रमोदभक्तआचार्यले तालिममासिकेका सीपलाई पेशाव्यवसायको रुपमानिरन्तरतादिन सके मात्रतालिमको प्रभावकारीताबढ्ने बताए । छोटो अवधिको सीपमूलकतालिममार्फत युवाहरूको पेशागत र ब्यवसायिकदक्षताअभिवृद्धि गरी रोजगारी वा स्वरोजगारी गराउनसिटिइभिटीले प्रदेशको सबै पालिकाहरुसँग सहकार्य गर्न चाहेको जानकारी गराउदै उनले भने ‘हामीले व्यासमाद्विपक्षीय समझदारी गरेपछि धेरै पालिकाहरुबाटत्यस्तो खालको प्रास्तावआएको छ’ । युवाहरुलाई स्वरोजगार बनाउने सन्दर्भमाप्राविधिकतालिमदिने मात्रनभई सिटिइभिटीले युवा स्वरोजगार कोष मार्फत न्युनत्तमव्याजदारमा २ देखि १० लाखसम्मको ऋणको व्यवस्था समेत गर्न सकिने आचार्यले सोहीअवसरमाजानकारी दिए ।
उद्घाटनकार्यक्रममाप्रथमनगरप्रमुखताराप्रसादश्रेष्ठ, सिटिइभिटीगण्डकीप्रदेशकाउपनिर्देशकजीवनप्रसादभण्डारी, तनहुँप्राविधिकशिक्षालयप्रमुखप्रदीपराजखनाल, तनहुँउद्योग वाणिज्य संघ महिलाउद्यमीविकास समितिकाअध्यक्षशकुन्तलाआले, व्यास–१कावडा सदस्यचुडामणीदाहाल, समाज सुधार समितिका सहल्लाहाकार बल बहादुर आले लगायतले तालिमलिएपछित्यसले जीविकोपार्जनलाई सहयोग पु¥याउनुपर्नेमाजोड दिएकाथिए ।
मगर समाज सुधार समितिदमौलीतनहुँकाअध्यक्षपुर्ण बहादुर थापाको सभापतित्वमा सम्पन्नकार्यक्रममाउपाध्यक्षइन्द्र बहादुर थापाले स्वागत गरेकाथिएभने सचिवलिलबहादुर थापाले कार्यक्रम सहजीकरण गरेकाथिए ।

Leave a Reply

Your email address will not be published.