राजश्व हिनामिना गरेको आशंकामा अदालतको कर्मचारी नियन्त्रणमा

Byखवरबाटिका

५ फाल्गुन २०७८, बिहीबार १९:५९ ५ फाल्गुन २०७८, बिहीबार १९:५९ ५ फाल्गुन २०७८, बिहीबार १९:५९

दमाैली – तनहुँ जिल्ला अदालतमा कार्यरत एक करार कर्मचारीलाई अदालतको राजश्व छलीको आरोपमा तनहुँ प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ। अदालतको रसिद काटेर सेवाग्राही र कार्यालयको अभिलेखमा फरक फरक राखेको भेटेपछि प्रहरीले तनहुँ जिल्ला अदालतमा कार्यरत एक महिला कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिहीबार कार्यालयमा काम गरिरहेको अबस्थामा तनहुँ प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। कर्मचारीले सेवाग्राहीलाई एउटा रसिद दिने र बैकमा कम रकमको भौचर दाखिला गरेको भेटिएपछि राजश्व छलीको आशंकामा प्रहरीले कर्मचारीलाई नियन्त्रणमा लिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार एवं प्रवक्ता मिन बहादुर कुवरले जानकारी दिए ।
प्रारम्भिक छानबिन अनुसार करिब २ लाख रुपैया राजश्व छली गरेको भेटिएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *