कबिता: पानी

Byखवरबाटिका

७ फाल्गुन २०७८, शनिबार १०:४१ ७ फाल्गुन २०७८, शनिबार १०:४१ ७ फाल्गुन २०७८, शनिबार १०:४१
हिमालको शिर पग्लिएर!
पहाडको छाती रसाएर!
माटो,ढुंगा र हावाको संसर्गमा
अनवरत बगेको छ पानी।
पानी सगै बगेको छ!
सबैको जिन्दगानी!
……××……
सृष्टिको प्रारम्भिक चरणमा
उचाईको पराकाष्ठा छोएर
जाग्राम आँखाका सपना जस्तै!
बूँद बूँदमा अस्तित्व खोज्दै!
कहिले आकाशमा बादल बनेर !
कहिले हिमालमा हिउँ बनेर!
स्वस्फूर्त गन्तव्यमा निस्केको छ।
पानी अर्थात सबैको जिन्दगानी!
……××……
                                                                    – आकाश अधिकारी- तनहुँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *