
पाेखरा – प्रेस चौतारी नेपालको आगमी नबाैं राष्ट्रिय महाधिवेशनकाे लाेगाे सार्वजनिक गरिएकाे छ । नवाैं राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितिकाे बैठककाे क्रममा आईतबार नेकपा (एमाले)का उपमहासचिव, प्रचार विभागका प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज पृथ्वीसुब्बा गुरूङले लाेगाे सार्वजनिक गरेका हुन। प्रेस चाैतारी नेपालकाे नवाैं राष्ट्रिय महाधिवेशन आगमी फागुन २७ र २८ गते पोखरामा हुने कार्यक्रम रहेकाे छ । लोगोकाे डिजाइन कुमार नगरकोटीले गरेका हुन ।