पलविरुद्ध एक महिनाअघि नै कास्की प्रहरीमा पुगेको थियो उजुरी

Byखवरबाटिका

११ फाल्गुन २०७८, बुधबार २०:४५ ११ फाल्गुन २०७८, बुधबार २०:४५ ११ फाल्गुन २०७८, बुधबार २०:४५

दमौली : अभिनेता पल शाहविरुद्ध एक महिनाअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी पुगेको खुलेको छ ।

कास्कीका एक प्रहरी अधिकारीकाअनुसार उमेर नपुगेकी किशोरीलाई विवाहको प्रलोभनमा यौन शोषण गरेको उजुरी लिएर पीडित परिवार प्रहरी कार्यालय आएको थियो । उजुरीका सम्बन्धमा कास्की प्रहरीले छलफल गरेर तनहुँ प्रहरीमा पठाएको थियो । यो हेर्नुहोस उजुरी 

यदि कास्की प्रहरीमै दर्ता गर्न चाहे पनि गर्न सकिने र दर्ता गरेर केस तनहुँमै पठाउने कानुनी प्रक्रियाबारे जानकारी गराइएको थियो । पीडित परिवार पछि आउने भनेर गएको ती प्रहरी अधिकारीले जानकारी  दिए ।

यसबारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले कास्की प्रहरीकै समन्वयका आधारमा केस तनहुँमा पठाइएको बताए । ‘त्यसको कार्यक्षेत्र तनहुँ भएकाले त्यता पठाएको हो,’ उनले भने ।

यता तनहुँ प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले उजुरी दर्ता गरेर अनुसन्धानको क्रममा रहेको जानकारी दिए ।

मुलुकी अपराध संहिताअन्तर्गत १८ वर्ष उमेर नपुगेकी किशोरीसँग सहमतिमै यौन सम्बन्ध राखेमा पनि जबर्जस्तीकरणी नै मानिन्छ । उक्त कसुरमा बढीमा १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *