क्षेत्रीय हाेटल संघ तनहुँकाे अध्यक्षमा शाही

Byखवरबाटिका

१२ फाल्गुन २०७८, बिहीबार १८:३४ १२ फाल्गुन २०७८, बिहीबार १८:३४ १२ फाल्गुन २०७८, बिहीबार १८:३४

क्षेत्रीय हाेटल संघ तनहुँकाे अध्यक्षमा जीवन शाही सर्वसम्मत चयन भएका छन् । संघको बिहिवार सम्पन्न अधिवेशनले शाहीकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हाे । संघको बरिस्ठ उपाध्यक्षमा बिकास खनाल , प्रथम उपाध्यक्षमा चन्द्रकुमार कायस्थ र विपिन प्रधान , महासचिवमा रामचन्द्र खड्का ,काेशाध्यक्षमा बिज्ञान कैनि र सचिवमा सुनिता पन्थ रहेकाे निर्वाचन संयाेजक बरिस्ठ अधिबक्ता कमलामाेहन वाग्लेले बताए । यसैगरी संघको सदस्यहरूमा लक्ष्मण जाेशी , गणेश खत्री , सुनिल खड्का , सुरज गुरूङ , बिनिता सेढाई क्षेत्री , सुजना श्रेष्ठ , भावना अधिकारी , इश्वर लामिछाने र सुनिल बहादुर अधिकारी रहेका छन् । यसअघि भएको संघको नवाैं अधिवेशन तथा साेर्हाैं वार्षिक साधारणसभाकाे हाेटल एसाेसिएसन नेपाल हानका बरिस्ठ उपाध्यक्ष बिनायक शाहले उद्घाटन गरेका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि शाहले पर्यटन व्यवसाय सँग जाेडिएकाे हाेटल ब्यबसाय भएको बताए । पर्यटन क्षेत्रकाे बिकास र उत्थानका लागि हाेटल एसाेसिएसन नेपाल हान जिल्लाका साथीहरू सँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको शाहको भनाइ थियो । कार्यक्रममा तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ , क्षेत्रीय हाेटल संघ तनहुँका सल्लाहकार एवम् चेम्बर अफ तनहुँका अध्यक्ष महेन्द्र माेहन भट्टराई , हानका केन्द्रीय सदस्य युवराज श्रेष्ठ , लव कार्की , चन्द्रकुमार कायस्थ , बिकास खनाल , कमलामाेहन वाग्ले , चन्द्र माेहन अधिकारी , रामचन्द्र खड्का , शंकर अधिकारी , युद्ध बहादुर पन्त , राजकुमार श्रेष्ठ लगायतका बक्ताहरूले मन्तब्य राखेका थिए । संघले बिधान परविर्तन गरि क्षेत्रीय हाेटल संघ तनहुँलाई हाेटल संघ तनहुँ बनाएको नवनिर्वाचित बरिस्ठ उपाध्यक्ष बिकास खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *