
नेकपा एमाले भिमाद नगरको तेस्रो बैठक सम्पन्न
दमौली ः नेपाल कम्युनिष्ट पार्टी ( नेकपा एमाले) भिमाद नगर कमिटीको तस्रो पूर्ण बैठक विहिबार सम्पन्न भएको छ । कमिटीका अध्यक्ष इमान बहादुर थापा एवं पार्टीका स्थायी कमिटी सदस्य किरण गुरुङको प्रमुख आतिथ्यता र केन्द्रिय सल्लाहकार परिषद सदस्य दधिराज सुवेदी, जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायत प्रदेश किमिटी र जिल्ला किमिटीका सदस्यहरुको उपस्थितिमा महत्वपूर्ण निर्णयहरु गर्दै सकिएको हो ।
बैठकले २१ सदस्यीय नगर सचिवालय कमिटी गठनका साथै वडा इन्चार्जको जिम्मेवारी तोकिएको छ । सचिवालय टिममा अध्यक्ष इमान थापा, उपाध्यक्ष चतुर्भुज सुवेदी, सचिव उमाकान्त श्रेष्ठ, उपसचिव द्वय पदम सेन ठकुरी, भिम सिंह थााप “बलु” कार्यालय सचिव लाल बहादुर थापा “लालु” सदस्यहरु सोमनाथ शर्मा, हर्क बहादुर थापा, चन्द्रावती श्रेष्ठ, झक बहादुर थापा, रामभक्त गैह्रे,निरोज खनाल, जिम बहादुर राना, वीर बहादुर बस्याल “वीरु”, सन्तोष थापा “प्रेम” खिम बहादुर थापा, पवित्रा थापा, नारायणी गैह्रे लामिछाने, शिव कुमार आले, दिनेश थापा र माधव थापा रहेका छने भने वडा इन्चार्जमा १ देखि ९ वडा सम्म क्रमश ः सोमनाथ शर्मा, दिनेश थापा, चन्द्रावती श्रेष्ठ, झक बहादुर थापा, रामभक्त गैह्रे, निरोज खनाल, जीम बहादुर राना, सन्तोष थापा “प्रेम” र खिम बहादुर थापालाई जिम्मेवारी प्रदान गरेको छ । बैठकले ८५ सदस्यीय नगर सल्लाहकार परिषद समेत गठन गरेको छ । नगर कमिटीले यही चैत्र ४ र ५ गते नगर स्तरीय पार्टी प्रशिक्षण गर्ने जनाएको छ ।