May 17, 2022

दमौली : व्यास नगरपालिकाले व्यास ५ मा रहेका रानिटारी बरबोटे र नेपालटार टोल विकास संस्था बिच अन्तरक्रिया गरेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपाने र वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले त्यहाका स्थानिय जनतासंग आफ्नो कार्यकालमा गरिएको कार्य प्रगतिको समिक्षात्मक अन्तरक्रिया कार्यक्रम गरेका हुन । कार्यक्रममा राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, भुमिहिन सुकुम्बासीहरुको समस्या र आसन्न निर्वाचनको विविध विषयमा छलफल भएको थियो । अन्तकृया कार्यक्रममा करिव २५० जना स्थानियको उपस्थिति रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.