May 17, 2022

तनहुँ । खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक एवं राष्ट्रिय समाचार समिति (रासस) का तनहुँ प्रतिनिधि कृष्ण न्यौपाने तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा) बाट सम्मानित भएका छन् । सञ्चारमाध्यमको तर्फबाट खेल क्षेत्रको विकास र प्रबद्र्धनमा सहयोग पुर्याए बापत एन्फाले न्यौपानेलाई सम्मान गरेको हो ।

तनहुँको आँबुखैरेनीमा आज आयोजित साधारणसभा तथा अधिवेशनका अवसरमा न्यौपानेलाई सम्मान गरिएको छ ।

नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि आनन्दराज त्रिपाठी, एन्फाका अध्यक्ष रत्नकुमार श्रेष्ठले न्यौपानेलाई प्रशंसापत्र र दोसल्लाले सम्मान गरेका थिए ।

सोही अवसरमा प्रादेशिक खबर दैनिकका सम्पादक मदन वाग्लेलाई पनि सम्मान गरिएको छ । एन्फाले साधारणसभा तथा अधिवेशनका अवसरमा सञ्चारकर्मीलाई सम्मानित गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.