December 10, 2022

तनहुँ । तनहुँ जिल्ला फुटबल संघको सोमबार आँबुखैरेनीमा आयोजित साधारण सभा तथा अधिवेशनमा पत्रकार मदन वाग्ले सम्मानित भएका छन ।

फुटबलको क्षेत्रमा उल्लेखनीय रुपमा कलम चलाएको भन्दै पत्रकार वाग्लेलाई सम्मान गरिएको हो ।

कलमका माध्यमबाट फुटबलका समाचारहरुलाई प्राथमिकतामा राखी सम्प्रेषण गरेको भन्दै पत्रकार वाग्लेलाई सम्मान गरिएको हो ।

नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेविसंघका पूर्व महामन्त्री आनन्दराज त्रिपाठी र अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठले संयुक्त रुपमा पत्रकार वाग्लेलाई दोसल्ला ओढाइ कदरपत्रद्वारा सम्मान गरेका हुन ।

सम्मानले पत्रकारिताको क्षेत्रमा अगाडि बढ्न थप हौसला प्रदान गरेको पत्रकार वाग्लेले बताए ।

यसअघि पनि पत्रकार वाग्ले एन्फा तनहुँद्वारा ३ वर्षसम्म लगातार सम्मानित भएका थिए । पत्रकार वाग्ले बन्दिपुर केबलकारद्वारा १ लाख राशीको पुरस्कार, तत्कालिन जिल्ला विकास समितिको विकास पत्रकारिता पुरस्कार, दुग्ध विकास संघ तनहुँद्वारा उत्कृष्ट पत्रकारिता पुरस्कार लगायत दर्जनौ पुरस्कारहरुबाट सम्मानित भइसकेको बताइएको छ ।

वाग्ले रिपोटर्स क्लब नेपाल गण्डकी प्रदेशका अध्यक्ष एवं प्रादेशिक खबर दैनिकका प्रधान सम्पादक हुन ।

सोही अवसरमा पत्रकार कृष्ण न्यौपानेलाई पनि दोसल्ला ओढाइ कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *