
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-१ धोद्रेका एक जनाले आफ्नै घाटी रेट्दा मित्यु भएको छ । सोमबार दिउँसो धोद्रेका ४५ वर्षीय लाल बहादुर चेपाङले घर नजिकैको बारीमा गई आफ्नै घाटी धारिलो हतियार हसियाले रेटी गम्भिर घाईते भएका थिए ।
घाइते चेपाङ्गको उपचारको लागी मोती हेल्थ क्लिनिंक डुम्रेमा उपचार गरी थप उपचारको लागी गण्डकी अस्पताल पोखरा रिफर गरिएकोमा उनको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।