घर बहाल सरोकार महासंघ तनहुँको अध्यक्षमा दधिराज घिमिरे

Byकिरण श्रेष्ठ

६ बैशाख २०७९, मंगलवार १८:०९ ६ बैशाख २०७९, मंगलवार १८:०९ ६ बैशाख २०७९, मंगलवार १८:०९

तनहुँ । घर बहाल सरोकार महासंघ तनहुँ शाखाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाका अध्यक्ष विष्णु पराजुलको अध्यक्षतामा बसेको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।

जसअनुसार संस्थाको अध्यक्षमा दधिराज घिमिरे चयन भएका छन । यस्तै उपाध्यक्ष द्वयमा पबित्रा खनाल र भिम सिंह ठकुरी चयन भएका छन ।

महासचिवमा सरोज भण्डारी, सचिवमा शिव ढौनिया, कोषाध्यक्षमा सुरेश भण्डारी चयन भएका छन ।

त्यस्तैगरी सदस्यहरुमा नवराज भट्ट, शिव खनाल, बिनिता श्रेष्ठ चयन भएका छन । भेलामा केन्द्रिय उपाध्यक्ष बालहरि अधिकारी, पुर्वअध्यक्ष राज कुमार श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *