शुक्लागण्डकीबाट मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जना पक्राउ

Byखवरबाटिका

७ बैशाख २०७९, बुधबार १०:५३ ७ बैशाख २०७९, बुधबार १०:५३ ७ बैशाख २०७९, बुधबार १०:५३

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ११ साँखेबाट मंगलबार बिहान मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जना पक्राउ परेका छन् ।

सोही स्थानका ४३ वर्षीय भिम बहादुर थापाको घरमा पार्कीङ गरी राखेको अवस्थामा रहेको ध १ प ५५९३ नं. को अपाची मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा स्थानिय व्यक्तीहरुको सहयोगमा ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरी टोली दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम पश्‍चिम आठबिसकोट नगरपालिका वडा नं. ३ घेत्मा घर भई हाल जिल्ला स्याङ्जा हरिनास गाउँपालिका चिसापानि स्थितमा रहेको सडक निर्माण गर्ने क्याम्पमा बस्ने २० वर्षिय नाईजेल ठकुरी र १९ वर्षीय खिममान पुन रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

प्रहरीले जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ स्थित पुलचोकबाट उक्त चोरी भएको मोटरसाइकल सहित चोरी कार्यमा संलग्न २ जनालाई समेत पक्राउ गरेको हो ।

मंगलबार नै तनहुँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *