तनहुँसुरमा सुटिङ गरिएको एलिना चौहानको ‘पिपल चौतारी’ युट्युबमा (भिडिओ सहित)

Byकिरण श्रेष्ठ

७ बैशाख २०७९, बुधबार ११:३३ ७ बैशाख २०७९, बुधबार ११:३३ ७ बैशाख २०७९, बुधबार ११:३३

तनहुँ । अहिलेकी चर्चित गायिक एलिना चौहानका आवाजमा रहेको गित ‘पिपल चौतारी’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मी जीवन कोईरालका अभिनयलाई समेटेर निर्माण गरिएको म्युजिक भिडियोमा मोडेल तथा कोरियोग्राफर मुनिता गुरुङको समेत अभियन देख्न सकिन्छ ।

आधुनिक शैलीमा मौलिक भाकाको संयोजन गरेर सुधुम्न सुवेदीले बजारमा सार्वजनिक गरेको गितले पछिल्लो युवा पुस्तालाई नेपाली मौलिकताको लयको स्वाद दिएको छ । यो गित नयाँ वर्षको अवसरमा जीवन कोईराला युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

तनहुँका विभिन्न रमणीय दृश्यमा छायाङ्कन गरिएको गितको म्यजिक भिडियोलाई सञ्चारकर्मी तथा कलाकार हरि खरेलले निर्देशन गरेको हुन् । रविन श्रेष्ठले छायाङ्कन तथा सम्पादन गरेका हुन् ।

यो गितको म्युजिक भिडियो पछिल्लो समय टिकटक लगायतका सामाजिक सञ्जालमा भाईरल बनेको तनहुँको तनहुँसुर सहित शुक्लागण्डकी नगरपालिकाका रडगार्डेन, एक्लेडाँडा लगायतका स्थानमा छायांङ्न गरिएको छ ।

जिल्लाको शुक्लागण्डकीमा रहेको शुक्लागण्डकी एफएममा कार्यरत मोडेल कोईरलालाले गितले दर्शक र स्रोताको मन जित्न सक्ने विस्वास लिएका छन् । आफ्नो पहिलो म्युजिक भिडियो मार्फत नै मोडलिङ क्षेत्रमा लाग्न उर्जा मिलेको उनी बताउँछन् ।

भिडिओ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *