November 30, 2022

तनहुँ । गण्डकीका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एकजनाको मृत्यु भएको छ ।

अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो ।

दुर्घटना पोखरा महानगरपालिका–३२ खुदीमा भएको थियो । गम्भीर घाइते उनको मनिपाल अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा सवार मीनबहादुर र उनको श्रीमती घाइते भएका थिए । उनकी श्रीमतीको भने अवस्था सामान्य छ । गाडी तीव्र गतिमा भएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *