March 25, 2023

तनहुँ । तनहुँका दुई जना बालिकाको मृत्यु भएको छ । दुई वटा फरक घटनामा दुई जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मंगलबार जिल्लाको व्यास नगरपालिका वडा नं. ६ स्याउली बजार बस्ने भुपाल परियारको छोरी ३ वर्षीया आकांक्षा परियार मृत्यु भएको हो ।

खेल्ने क्रममा आफ्नै घरको दुई तलामाथीबाट लडी गम्भिर घाईते भएकोमा उपचारार्थ दमौली अस्पताल हुँदै फेवासिटी अस्पताल पोखरा लगेकोमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।

तातो खोलेमा डुबी मृत्यु

यस्तै मंगलबार जिल्लाको भानु नगरपालिका वडा नं. १२ रतनपुर बस्ने सन्तोष घर्तीको छोरी २ वर्षीया आरोही घर्तीले मृत्यु भएको छ ।

आफ्नै घरमा गाईवस्तुलाई पकाई राखेको तातो खोलेमा पर्न गई उपचारार्थ पश्चिम क्षत्रीय अस्पताल पोखरा लगेकोमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

उनका अनुसार घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *