May 22, 2022

तनहुँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा तनहुँको प्रमुख पार्टीहरुले कसलाई टिकट दिन्छन् भन्ने चर्चा सुरु भएको छ ।

सबैभन्दा बढि चर्चा नेकपा एमालेले कसलाई उम्मेदबार बनाउँछ भन्ने चर्चा व्यास नगरपालिकामा बढेको छ ।

तनहुँमा एमालेले काङ्ग्रेसका पुर्वनेता गोविन्दराज जोशी समुह संग तालमेल गरेको छ ।

जसअनुसार नगरप्रमुखमा जोशी पुत्र दिपक राज जोशी उम्मेदवार बन्ने निश्चित भएको छ ।

यस्तै नगर उपप्रमुखमा भने एमालेले कसलाई उम्मेदवार बनाउछ भनेर चासो बढेको छ ।

नेकपा एमाले जिल्ला कमिटीले व्यास नगरपालिकाको उपप्रमुखमा बसुन्धरा घर्ती र प्रदिप अधिकारीको नाम एमाले गण्डकी प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

घर्ती जिल्ला नेकपा एमालेको सदस्य हुन भने अधिकारी जिल्ला उपसचिव हुन ।

जसमा बसुन्धरा घर्ती नै नगर उपप्रमुखमा बलियो उम्मेदवार बन्ने देखिन्छ । घर्ती अहिले व्यास नगरपालिका वडा नम्बर ४ को निर्वाचित वडासदस्य हुन ।

गत स्थानीय निर्वाचनमा व्यास-४ को वडाअध्यक्ष त्याग गरि व्यास नगरपालिकामा एमालेकाे साख जाेगाउन समेत घर्तीले महत्त्वपूर्ण भुमिका खेलेकी थिइन । सो समयमा घर्तीले काङ्ग्रेसबाट एमाले प्रवेश गरेका विश्व न्यौपानेको लागी वडाअध्यक्ष पद त्याग गरेकी थिइन ।

यसपटक व्यास नगरपालिकामा सत्तारुढ गठबन्धनको साझा उम्मेदबार बन्ने र गठबन्धनको उम्मेदवारलाई हराउन सक्ने व्यक्तिलाई नै एमालेले उम्मेदबार बनाउनु पर्ने अधिकांश एमाले कार्यकर्ताहरुको भनाई छ ।

व्यास नगरपालिकामा नेपाली काङ्ग्रेस बलियो शक्तिका रूपमा रहदै आएको छ । साथै व्यासनगर भित्र अधिकांश जनजाती समुदायको बाहुल्यता रहेको कारण पनि जनजातीकै नेतालाई उम्मेदबार बनाउनु पर्ने एमाले कार्यकर्ताहरुको भनाइ छ ।

त्यसको लागि नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष समेत रहेकी बसुन्धरा घर्तीलाई नै व्यास नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनाउनु पर्ने व्यासका एमाले कार्यकर्ताको माग रहेको छ ।

जनजातीको धेरै भोट घर्तीलाई आउने पक्का रहेको देखिन्छ । जनजाती महासंघबाट पनि आदिवासीका लागी उनले आफ्नो कार्यकालमा विभिन्न कार्यक्रम गर्दै आएकी छिन ।

घर्ती २०६४ सालमा संगठित सदस्य हुँदै हाल नेकपा एमाले जिल्ला कमिटि तनहुँको सदस्य एवं लोकतान्त्रिक आदिवासी जनजाति महासघंको केन्द्रीय सचिवालय सदस्य हुन ।

घर्ती आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान संचालक परिषद् सदस्य हुन । उनी अखिल नेपाल महिला सघं तनहुँको निवर्तमान सचिव तथा आदिकवि भानुभक्त क्याम्पसको संचालक समितिको पुर्व सदस्य समेत हुन ।

यस्तै घर्ती वेदव्यास प्राथमिक विद्यालय व्यावस्थापन समितिको पुर्व अध्यक्ष संगै महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँको उपाध्यक्ष हुन।

भुजेल समाज महिला समितिको केन्द्रीय महासचिव र राष्ट्रिय युवा सघं नेपालको पुर्व सदस्य समेत हुन ।

उनले नेकपा एमाले व्यास नगर कमिटिको दुई कार्यकाल उपसचिव भएर काम गरेकी छिन ।

यस्तै उनले विरता टोल विकास संस्थामा ३ कार्यकाल अध्यक्षका रुपमा उल्लेखनीय काम गरेकी छिन ।

घर्ती संग खानेपानी, आमा समूह, कालिका मन्दिर सहकारी, एफएम बाटो आदि सघं संस्थाहरुमा काम गरेको अनुभव रहेको छ ।

घर्तीले पर्यटन अन्तर्गत व्यास क्षेत्र विकास काेषमा समेत आवद्ध भएर काम गरिन ।

व्यवसायीक हिसाबले उनले बिहानी बजार दमाैली संचालन गरेकी छिन । घर्ती हाेटल तथा यातायात व्यावसायी समेत हुन ।

सामाजिक अभियान्तका रुपमा समेत समाजमा आइपरेका समस्या समाधानमा उनी तत्परता साथ अघि बढ्छिन । महिला हक अधिकारका लागी निरन्तर लागी परेकी घर्तीले यसपटकको स्थानीय चुनावमा व्यास नगरपालिकाको उप प्रमुख भएर जनताको सेवा गर्न चाहेको बताउछिन ।

Leave a Reply

Your email address will not be published.