
अन्जान परियार, घिरिङ । लक्ष्मी लघुबित्त वित्तिय संस्था लिमिटेडले घिरिङ्गको देउरालिमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ ।
घिरिङ्ग गाउपालिका वडा नं ५ को देउरालिमा संथाको ८२औँ शाखाको रुपमा सोमबार संस्थाका बोर्ड अध्यक्ष जीवन प्रकाश थेबेले उद्गघाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै थेवेले लक्ष्मी बित्तिय संस्था देउराली शाखा घिरिङ र ऋषिङ्ग लाई लक्षित गरि स्थापना गरिएको बताए ।
उनले अरु बित्तिय संस्था भन्दा बढी सेवा सुबिधा पनि रहेको जानकारी गराएका थिए ।
संस्थाले हालसम्म घिरिङ्गको वडा नं ५ मा ११ समूह निर्माण गरि सकेको छ । जसमा ८५ जना सदस्य रहेका छ्न ।
अब सबै वडामा समूह निर्माण गर्ने निरन्तर अभियानमा रहेको देउराली शाखा प्रमुख मनु कुमारी सिंजालीले जानकारी दिइन ।
कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख अधिकृत प्रकाश राज शर्मा, सामान्य प्रशासन बिभाग प्रमुख दिलिप शर्मा, पाल्पा शाखा प्रमुख अमर जोशी, घिरिङ्ग गाउपालिका वडा नं ५ अध्यक्ष प्रेम बहादुर थापा, गाउपालिका सल्लाहकार सुमन कुमार श्रेष्ठ , शिक्षकहरु सन्तमान श्रेष्ठ र डम्मर थापा सहित वडा नं ५ का स्थानीयको उपस्थिति रहेको थियो ।