पल प्रकरण- पीडित नाबालिगले नवलपुरमा पनि बयान फेरिन्

Byखवरबाटिका

७ बैशाख २०७९, बुधबार २३:३६ ७ बैशाख २०७९, बुधबार २३:३६ ७ बैशाख २०७९, बुधबार २३:३६

नवलपुर । नायक पल शाहविरुद्ध बलात्कारको आरोप लगाएकी नाबालिगले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् ।

बुधवार भएको बकपत्रमा पीडित भनिएकी नाबालिगले जाहेरीको ब्यहोरा झुट्टो भएको बयान दिएकी छन् । यसअघि तनहुँ जिल्ला अदालतमा पनि ती नाबालिगले बयान फेरेकी थिइन् । जाहेरी दिएका उनका बुबाले पनि बयान फेरेका थिए ।

यसअघि अनुसन्धान अधिकारीसँगको बयानमा पीडित र जाहेरवाला दुवैले पलविरुद्ध बलात्कारको आरोप लगाएका थिए ।

पीडितले पलविरुद्ध तनहुँ र पूर्वी नवलपरासीमा जबरजस्ती करणीको जाहेरी दर्ता गरेकी थिइन् । मुद्दा पुर्पक्षका लागि कारागार पठाउने अदालतको आदेशपछि पल हाल जेलमा रहेका छन् । पलले थुनछेकको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *