भानुको फुस्रेटारमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Byखवरबाटिका

८ बैशाख २०७९, बिहीबार १४:३० ८ बैशाख २०७९, बिहीबार १४:३० ८ बैशाख २०७९, बिहीबार १४:३०

तनहुँ । स्थानीय तहको निर्वाचन प्रक्रिया अन्र्तगत बिहिवार भानुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । भानु नगरपालिका वडा नं २ फुस्रेटार स्थित नगरपालिकाको मुल प्रशासनिक केन्द्रमा उक्त कार्यालयको साइनबोर्ड राखी उद्घाटन गरिएको हो ।

कार्यक्रममा तनहुँ जिल्लाका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, भानुका निर्वाचन अधिकृत मीनबहादुर कुँवर, भानु नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षकहरू, स्थानीय राजनीतिक दलका प्रमुखहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

निर्वाचनका लागि कार्यालयबाट सम्पादन गर्ने र मतगणनाको लागि भानु-२ नारेश्वरटार स्थित होमराज लोहनी शाशिस मावि हुने बताएको छ । आज तनहुँको १० वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँ प्रमुख हरीप्रसाद ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *