March 25, 2023

तनहुँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि व्यास नगरपालिकाको प्रमुखमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आइतबार तीन जनाले नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।

जसमा व्यास नगरपालिका-९ की पार्वती कार्की, व्यास नगरपालिका-५ की अनिता थापा र व्यास नगरपालिका १० का रमेश आचार्यले नगरप्रमुखको लागी उम्मेदवारी दर्ता गराएका छन।

कार्कीले स्वतन्त्र, थापाले मङ्गोल नेशनल अर्गनाइजेशन र आचार्यले विवेकशील साझा पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी व्यास नगरपालिकाको उपप्रमुखमा विवेकशील साझाबाट हसिना बानु र मङ्गोल नेशनल अर्गनाइजेशनबाट श्रीमाया थापाको उम्मेदवारी परेको छ ।

त्यस्तै वडा अध्यक्षका लागी ८ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा व्यास-३ मा विवेकशिल साँझा पार्टीबाट नन्द बहादुर थापा मगर, व्यास-४ मा मङ्गोल नेशनल अर्गनाइजेशनबाट भक्त बहादुर थापा, व्यास-५ मा मङ्गोल नेशनल अर्गनाइजेशनबाट बेलिसरा थापा, व्यास-१० मा स्वतन्त्र रुपमा सागर घिमिरे, व्यास-११ मा विवेकशील साँझाबाट दिपक पन्थ र व्यास-१३ मा मङ्गोल नेशनल अर्गनाइजेशनबाट शम्भु राना मगर, व्यास-५ मा राप्रपाबाट सिताराम शाही, व्यास-१३ मा जसपाबाट दिपक थापाले वडाअध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै खुल्ला सदस्यमा ६ जनाको उम्मेदवारी परेको छ । जसमा व्यास-५ मा मङ्गोल नेशनल अर्गनाइजेशनबाट इमान सिं आले, व्यास-६ मा जनता समाजवादी पार्टीबाट राजकुमार सार्की, व्यास-११ मा विवेकशिल साँझा पार्टीबाट कमल गुरुङ, व्यास-५ मा राप्रपाबाट नर बहादुर दरै, राप्रपा बाटै व्यास-५ मा चोकमान श्रेष्ठ र व्यास-१३ मा जसपाबाट सुबिलाल आलेले उम्मेदवारी दिएका छन् ।

दलित महिला सदस्यमा व्यास-५ मा राप्रपाबाट तारा सुनारले उम्मेद्वारी दिएकी छिन । यस्तै महिला सदस्यमा व्यास-३ मा जसपाबाट धनमाया गौली र व्यास-५ मा राप्रपाबाट तिला शाहीले उम्मेद्वारी दिएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए ।

जिल्लामा सोमबार साना राजनीतिक दल र स्वतन्त्रतर्फका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । ठूला राजनीतिक दलले भोलि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । तनहुँका ठुला दलले उम्मेदवार समत टुंगाउन सकेका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *