
तनहुँ । तनहुँको व्यास नगरपालिकामा मेयर पदका उम्मेदवार दीपकराज जोशीले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलन गरेर आइतबार जोशीले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
जोशीले सो अवसरमा नगरपालिकामा हुने चुवावट कम गर्ने बताए । उनले भने ‘सुशासन र जनतालाई कसरी सुविधा दिने भन्नेमा मेरो पहिलो फोकस रहेको छ ।’
नेकपा एमाले तनहुँसंग तालमेल गरेर मेयर उम्मेदवार बनेका जोशीले नगरपालिकालाई केवल नारामा मात्र नभईकन व्यवहारमै सुव्यवस्थित, समुन्नत र सुन्दर नगरपालिका बनाइने बताए ।
उनले भने ‘२४ सै घण्टा नगरपालिकाले कल सेन्टर मार्फत वृद्धवृद्धा र अशक्तका लागी सेवा दिने योजना रहेको छ ।
आफु मेयरमा बिजयी भए १३ बुँदामा लेखिएका प्रतिबद्धता पुरा गर्ने जोशीले बताए । उनले भने ‘नगरको फोहोरमैला व्यवस्थापनदेखि सुचना र प्रविधिमैत्री नगरपालिकासम्म बनाउने योजना छ ।’
यस्ता छन् दीपकराज जोशीका प्रतिबद्धता
Click here : Manifesto