
तनहुँ । तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र उपप्रमुख मिरा जोशीले आफ्नो पदबाट राजिनामा दिएका छन् । न्यौपानेले आफ्नो राजिनामा पत्र उप प्रमुख मीरा जोशी समक्ष पेश गरेका थिए ।
यसैगरी उपप्रमुख मीरा जोशिले आफ्नो पदबाट राजिनामा दिदै आफ्नो राजिनामा पत्र प्रमुख वैकुण्ठ न्यौपाने समक्ष पेश गरेकी थिइन् ।
वैशाख ११ गते आइतबारदेखि लागू हुने गरि दुवै जनाले राजिनामा दिएका हुन् । साथै नगर प्रमुखको निर्वाचन भई नयाँ नगर प्रमुख निर्वाचित नहुदासम्म बढिमा आफ्नो कार्यकाल अवधिभर कार्यवाहक नगर प्रमुखको जिम्मा व्यास न.पा वडा नं १३ का वडाध्यक्ष लेख बहादुर रानालाई जिम्मा दिइएको व्यास नगरपालिकाले जनाएको छ ।
जनप्रतिनिधि नभएको वडाको अत्यावश्यक सिफारिस लगाएतका कामकाज गर्न समेत वडाअध्यक्ष लेख बहादुर रानालाई जिम्मा दिइएको छ ।